तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए

काठमाडौं । तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन्।

६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए। सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन थिए।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्दै आएको लु प्र ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।

सिंहको खोजीका लागि प्रहरीले गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो। तीन दिनको खोजीपछि उनको शव जंगलमा फेला परेको हो।

घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिंह कपिलवस्तु नगरपालिकाका पूर्वमेयरका साथै नेपाली कांग्रेसमा सक्रिय नेता थिए।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने दुलाल पक्राउ