थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन जना भारतीय नागरिक पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको पन्जाब घर भएका ३० वर्षीय सोनी, सोही ठाउँका २३ वर्षीय जागरूप सिंह र हरियाणाका २२ वर्षीय साहिल छन् ।

क्याथे प्यासिफिक एअरवेजको उडानमार्फत शनिबार राति दुई भारतीय थाइल्यान्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । उनीहरूले ल्याएको गाँजा सिरिभ गर्न अर्का भारतीय पनि विमानस्थल पुगेका थिए ।

उनीहरु तीनै जनालाई पक्राउ गरेर लागूऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा करोडौँको लगानीमा बनेको ज्येष्ठ नागरिक मिलन केन्द्र ६ वर्षदेखि बन्द