चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।
नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो ।
संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६०, ठूलो अण्डा ५४५, मिडियम ५०० र सानो ३ हजार प्रतिपेटी (सात क्रेट) रुपैयाँ समर्थन मूल्य कायम गरिएको हो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको संक्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ । माग बढेसँगै अण्डाको मूल्य बढेको हो ।
फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए । मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनले बताए ।
अण्डाको लागत मूल्य प्रतिगोटा १९.१२ रुपैयाँ पर्न आउँछ । यसलाई हिसाब गर्दा प्रतिक्रेट ५७३.६ रुपैयाँ हुन आउँछ ।
बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको छ । लागत मूल्य पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन् । पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नुलगायत कारणले किसान बैंकको ऋणको मारमा पर्दै आएको व्यवसायी बताउँछन् ।
पछिल्लो समय बर्डफ्लुका कारण केही किसानको कुखुरा मरेका थिए भने कुखुरा हुनेहरुले अण्डाको मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्नु परेको पोखरेलले बताए ।
सम्बन्धित समाचार
सरकारी खर्च नियन्त्रणमा महालेखा कठोर
ह्वात्तै घट्यो सुन–चाँदी मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?
निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित
नेपाल आयल निगमको स्पष्टोक्ति : ग्यासको आपूर्ति नियमित छ, अभाव छैन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
हिजो घटेको सुनचाँदीकै भाउ आज बढ्यो, कतिमा भइराखेको छ कारोबार ?
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक






