बकैया नदीमा नुहाउन गएका ३ बालबालिका बेपत्ता

रौतहट । रौतहटको बकैया नदीमा नुहाउन गएका ३ जना बालबालिका बेपत्ता भएका छन । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया स्थित लालबकैया नदीमा आज मंगलबार दिउँसो नुहाउन गएका ३ जना बालबालिका बेपत्ता भएका हुन् ।

बकैया नदीमा नुहाउन गएका देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, सोही स्थानका शेख खुरौसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक बसन्त गौतमले जानकारी दिएका छन ।

बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर खोजी कार्यलाई सुरु गरेको प्रनाउ गौतमले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा १६ जना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ७ जनाको टोली घटनास्थलमा खटिएर खोजी कार्यमा जुटेको डिएसपी गौतमले बताए ।

बलबालिकाको खोजकार्यको लागी सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा ९ जनाको रबर बोटसहितको डाइभिङ तथा उद्धार टोली समेत घटनास्थलतर्फ पठाइएको समेत उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ एमाले र नेकपाको प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार