काठमाडौं । कांग्रेसको देउवा पक्षले १५ औँ महाधिवेशनलगायतका सबै सांगठनिक गतिविधि तत्काल रोक्न मागसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्र पठाएको छ ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतले पार्टीको वैधानिकता र नेतृत्वको विवादमा ‘निस्सा’ (पुनरावलोकनको अनुमति) जारी गरेको कारण देखाउँदै यो पत्र पठाएको हो ।
कांग्रेस सभापति गगन थापा, सबै प्रदेश, जिल्ला, क्षेत्रीय र वडा कार्यसमितिहरूका साथै निर्वाचन आयोगलाई समेत पठाइएको पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका सबै दूरगामी निर्णयहरू यथास्थितिमा राख्न अनुरोध गरीएको छ ।
कांग्रेसको वैधानिकता र नेतृत्वको विवादमा सर्वोच्च अदालतबाट यसअघि भएको फैसला उपर तत्कालीन सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काको पुनरवलोकन निवेदनमा उक्त फैसलामा ‘गम्भीर कानूनी त्रुटि’ औँल्याएको भन्दै वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामा कानूनी प्रश्न उठेको कोइरालाको तर्क छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
प्रधानमन्त्री शाह र सरकारको सम्बन्धमा समीक्षाको विन्दुमा रास्वपा पुगिसकेको छैन : सभापति लामिछाने
गृहमन्त्री पदबाट सुधनलाई हटाउन जेन–जी समूहको माग
सुनसरी घटनाः सुरक्षा अवस्था सामन्यीकरणतर्फ
कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने
अदालतले अनुसन्धानको अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा
प्रधानमन्त्रीसँगको भेटमा रास्वपा सुदूरपश्चिमका सांसदहरुले जे कुरा उठाए…
सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने






