काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ ।
आज (बुधबार) सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी गराएका छन् ।
कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाएका हुन । ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ, ‘टर्कीएका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो ।’
सहसचिव ढकालले परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको जानकारी दिए । यद्यपि, कुन तहबाट सहभागिता हुने भन्ने’bout जानकारी प्राप्त भइनसकेको उनको भनाइ छ ।
‘त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौँ ,’ उनले भने, ‘कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतिक्षामा छौँ ।’ कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्ताल्यामा हुँदैछ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाह र सरकारको सम्बन्धमा समीक्षाको विन्दुमा रास्वपा पुगिसकेको छैन : सभापति लामिछाने
एमालेबाट निर्वाचित मेयरदेखि वडासदस्य ६ जनाको पद गुम्यो
कांग्रेस नेता गिरीविरुद्ध २१ करोड बढी बिगोसहित मुद्दा दर्ता
अदालतले अनुसन्धानको अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा
प्रधानमन्त्रीसँगको भेटमा रास्वपा सुदूरपश्चिमका सांसदहरुले जे कुरा उठाए…
सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने
यस्तो छ एमाले र नेकपाको प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार
देउवा फिर्तीसँगै कांग्रेसमा नयाँ शक्ति संघर्ष






