बाजुरा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन् ।
गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन् ।
त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको छ ।
सो घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको छ ।
(तस्बिर सौजन्य वडाध्यक्ष नन्दा थापा)
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
कैलालीमा फायरिङ अभ्यासका क्रममा ह्याण्ड ग्रिनेड विस्फोट, दुई सैनिक घाइते
सरकारी गाडी चोरेर बेच्ने थुनामा, किन्ने तारेखमा रिहा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग
हराएका बालबालिका खोजतलासमा सरकारको सक्रियता : ८,७२४ मध्ये ८,४३८ फेला, विशेष अभियान सञ्चालन गर्ने तयारी






