बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती । बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ ।

व्यवस्थित सहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बागमती प्रदेश सहरी नीति २०८३ स्वीकृत भएपछि कार्यान्वयनमा जोड दिइएको मन्त्रालयका प्रवक्ता मदनकुमार आलेमगरले जानकारी दिए ।

बागमती प्रदेशअन्तर्गतका सहरको दिगो, उत्थानशील, पर्यावरणमैत्री र सन्तुलित सहरी विकास सुनिश्चित गर्न नीति तय गरिएको उनले बताए।

प्रदेशअन्तर्गत नुवाकोट, धादिङ र रसुवाका तीन स्थानमा व्यवस्थित सहरी बस्ती विकासको योजनासहित पाइलट प्रोजेक्टका रुपमा काम सुरु भएको उनले बताए।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता