देवेनरा ग्रुपको आवासमा प्रहरीको छापा

काठमाडौं । विराटनगरको औद्योगिक घराना देवेनरा ग्रुपको आवासमा प्रहरीले छापा मारेको छ। विराटनगर महानगरपालिका-७ मा रहेको देवेनरा ग्रुपको आवासमा प्रहरीले सोमबार बिहान ५ बजेदेखि छापा मारेको हो। छापा मार्ने क्रम अहिले पनि जारी छ।

देवेनरा विराटनगरका उद्योगपतिहरू देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा‍ र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक घराना हो। यी चार दाजुभाइ हुन्।

यो समुहले तेल, साबुन, अगरबत्ती लगायत उत्पादन गर्छ। यही समूह नेपालको सबैभन्दा ठूलो चाँदी उधोग चलाउने समूह पनि हो।

प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष समेत हुन्।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति