जनकपुरधाम । गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ ।
मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो ।
उनले सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधिको अभाव देखिएपछि तत्कालका लागि क्रमशः ३० र १०० भायल एन्टी स्नेक भेनम पठाइएको जानकारी दिनुभयो । अन्य उपचार केन्द्रमा पनि मागअनुसार औषधि पठाउन थालिएको छ ।
डा यादवका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको छ ।
‘सर्पदंशविरुद्धको औषधि कुनै पनि उपचार केन्द्रमा अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको छ’, उनले भने । पछिल्ला केही दिनयता अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्प दंशका घटना बढेको पाइएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्प दंशका बिरामी उपचार गर्न आउने गरेका छन् । ग्रामीण क्षेत्रमा खेतबारी तथा घर ’round सर्पको बढेसँगै जोखिम थपिएको उनले बताए ।
केही दिनअघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि हाल अस्पतालमा १०० भायल औषधि मौज्दात रहेको अस्पतालले जनाएको छ ।
डा सिहले सर्पदंशबाट जोगिन राति सुत्दा झुल प्रयोग गर्न, घर’roundको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे ।
मधेस प्रदेश सरकारले सर्पदंशलाई मनसुन र गर्मीयाममा बढी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित तुल्याएको जनाइएको छ ।
सम्बन्धित समाचार
देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति, मृतकद्वयको अन्तिम संस्कार आज दिउँसो २ बजे
देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय
जनसंख्या अध्ययन तथा सूचना केन्द्र स्थापनाको माग
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
धनुषासँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्न अब परिचयपत्र अनिवार्य
नाम्सी नयाँ पुलमा ढुंगा खस्दा यातायात एकतर्फी अवरुद्ध






