पहिरोमा पुरिएर ७२ वर्षीया वृद्धाको मृत्यु

रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएको जनाइएको छ । पहिरोमा पुरिएकी गुरुङको टाउकोको भाग मात्र देखिएको अवस्थामा शव फेला परेको श्रेष्ठले जानकारी दिए ।

प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरोमा पुरिएको घरबाट शव निकाल्ने तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

आज पनि तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ कारोबार ?