काठमाडौं । सामसङ नेपालले नयाँ Galaxy Z Fold8 Ultra, Galaxy Z Fold8 र Galaxy Z Flip8 सार्वजनिक गर्दै नेपाली बजारमा नयाँ पुस्ताको Galaxy AI र स्मार्ट ownership ecosystem प्रस्तुत गरेको छ।
कम्पनीका अनुसार नयाँ फोल्डेबल सिरिजले ठूलो डिस्प्लेमार्फत AI प्रयोगलाई थप सहज बनाउँदै समीक्षा, तुलना, सिर्जना र अन्य कामका लागि फराकिलो कार्यक्षेत्र उपलब्ध गराउँछ। साथै, नयाँ Galaxy Watch9 र Galaxy Watch Ultra2 पनि सार्वजनिक गरिएको छ।
सामसङले नयाँ सिरिजको स्वामित्वलाई सहज बनाउन HFL को EMI सुविधा, ट्रेड–इन बोनस, Ncell connectivity, eSewa तथा remittance-linked benefits लगायतका सुविधा समेटेको जनाएको छ। Omnichannel प्रणालीमार्फत डिजिटल योग्यता जाँचदेखि प्रि-अर्डर, डेलिभरी र Samsung Brand Store बाट उत्पादन प्राप्तिसम्मको प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ।
Galaxy Z सिरिजको प्रि-अर्डर अगस्ट १३, २०२६ देखि खुला गरिएको छ। VIP प्रि-अर्डर प्याकेजमा रु. १५,००० सम्मको एक्सचेन्ज बोनस, दुई वर्षको Ncell अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, Galaxy Watch मा रु. १०,००० छुट र Google AI Pro को ६ महिनाको निःशुल्क सुविधा लगायत रु. ६८,००० सम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ। सामान्य प्रि-अर्डर प्याकेजमा रु. ५८,००० सम्मका लाभ समावेश छन्।
सामसङ नेपालका Managing Director Chang Uk Jung ले नयाँ Galaxy Z सिरिजमार्फत नेपालमा प्रिमियम प्रविधि मात्र नभई affordability, accessibility र sustainability लाई समेटिएको दीर्घकालीन ownership experience निर्माण गर्ने लक्ष्य रहेको बताएका छन्।
सम्बन्धित समाचार
स्पेसएक्सको रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदै
याडिया नेपालले सार्वजनिक गर्यो नयाँ जीएस७०, जीटी७० र जीटी८० विद्युतीय स्कुटर
विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
हिजो के भएको हो सुस्तामा ?
देवेनरा ग्रुपको आवासमा प्रहरीको छापा
सप्तरीको राजविराज र बोदेबर्साइनको निषेधाज्ञा पूर्णरूपमा हटाइयो
तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन






