याडिया नेपालले सार्वजनिक गर्‍यो नयाँ जीएस७०, जीटी७० र जीटी८० विद्युतीय स्कुटर

काठमाडौं । याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नयाँ पुस्ताका जीएस७०, जीटी७० र जीटी८० विद्युतीय स्कुटर सार्वजनिक गरेको छ।

आधुनिक प्रविधि, लामो दूरीको यात्रा क्षमता र उन्नत सुरक्षासहित ल्याइएका यी स्कुटरले नेपालमा स्मार्ट विद्युतीय यातायातको नयाँ विकल्प दिने कम्पनीले जनाएको छ।

जीएस७० मा २.१ किलोवाट आवरको एलएफपी ब्याट्री र २.८ किलोवाटको मोटर जडान गरिएको छ। यसले एकपटक पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

त्यस्तै, जीटी७० मा ५.७ किलोवाट आवरको डुअल एलएफपी ब्याट्री प्रणाली र ३.७ किलोवाटको मोटर रहेको छ। यसले २२० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने बताइएको छ।

प्रिमियम श्रेणीको जीटी८० मा ३।६ किलोवाट आवरको लिथियम ब्याट्री, ५ किलोवाटको मोटर र ८० किलोमिटर प्रतिघण्टासम्मको गति रहेको छ। यसले एकपटक चार्जमा १५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

नयाँ स्कुटरमा स्मार्ट डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, मोबाइल नेभिगेसन, स्मार्ट एप, स्मार्ट चाबी प्रणाली, ट्र्याक्सन नियन्त्रण प्रणाली, क्रुज नियन्त्रण र दोहोरो डिस्क ब्रेकजस्ता सुविधा समावेश गरिएको छ।

कम्पनीले तीनै मोडेलमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको जनाएको छ। नेपालभर रहेका २० आधिकारिक डिलरमार्फत उपलब्ध हुने यी स्कुटरमा नाइमा अटो शो सम्पन्न नभएसम्म १० हजार रुपैयाँ छुटसमेत दिइने कम्पनीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

आज कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?