काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला आइतबार सकिँदैछ।
करिब साढे पाँच महिनापछि हङकङबाट नेपाल फर्किएका कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर समूहले राष्ट्रिय भेला आयोजना गरेको हो।
शुक्रबार उद्घाटन गरिएको भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गरिएको थियो। शुक्रबार उद्घाटन कार्यक्रममा सहभागी भएका देउवा शनिबार आयोजित बन्दसत्रमा सहभागी भएनन्। तर आइतबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा पुगेर उनले बन्दसत्रलाई सम्बोधन गरेका छन्।
आइतबार देउवाले करिब तीन मिनेट सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपाल अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए। आफूलाई विमानस्थलदेखि नै गरिएको स्वागतप्रति धन्यवाद दिँदै उनले न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गरे।
देउवाले आफ्नो सम्बोधनको केही समय धार्मिक विषयमा समेत केन्द्रित गरे। नेपालमा हिन्दु राष्ट्रको बहस चर्किँदै गर्दा धर्म’bout देउवाले पहिलोपटक मुख खोलेका हुन्। आफू व्यक्तिगत रूपमा हिन्दु भएको स्पष्ट पार्दै उनले नेपालमा सबै धर्मप्रति सम्मान र धार्मिक स्वतन्त्रता हुनुपर्ने धारणा राखे।
‘धेरै साथीहरूले मलाई हिन्दु धर्म’bout बोल्न भनिरहनुभएको छ। म व्यक्तिगत रूपमा हिन्दु हुँ। मेरो ब्रतबन्ध पनि हिन्दु विधिअनुसार भएको हो,’ उनले भने।
उनले आफूले दिदीको विवाहसमेत ब्रतबन्धपछि हिन्दु परम्परा र रीतिरिवाजअनुसार गरेको बताए। आफू अहिले पनि पशुपतिनाथमा पूजा गर्ने गरेको उल्लेख गर्दै उनले आफ्नो हिन्दु पहिचानप्रति स्पष्ट धारणा राखे।
‘म अहिले पनि पशुपतिनाथमा पूजा गर्छु। म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ,’ देउवाले भने। उनले धर्म’bout नेपाली जनताले गर्ने निर्णयलाई आफूले जहिल्यै स्वीकार्ने पनि बताए ।
देउवाको सहभागिता र सम्बोधनपछि इतर समूहले पाँचवटा महत्वपूर्ण राजनीतिक प्रस्ताव अघि सारेको छ। सबैभन्दा महत्वपूर्ण प्रस्तावमा देउवाकै सभापतित्वमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ।
इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने जनाएको छ। देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भएर १५औँ महाधिवेशन सम्पन्न हुने विश्वाससमेत सम्मेलनले व्यक्त गरेको छ।
प्रस्तावमा भनिएको छ, ‘पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ।’
१५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले सञ्चालन गर्ने व्यवस्था पनि इतर समूहले प्रस्ताव गरेको छ।
यसैबीच गगन थापा नेतृत्वको नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी असोजसम्म गर्ने घोषणा गरिसकेको अवस्थामा इतर समूहले देउवालाई सभापतिको रूपमा अघि सारेको हो। दुई पक्षले छुट्टाछुट्टै नेतृत्व र महाधिवेशनको दाबी गरेपछि कांग्रेसभित्रको विवाद थप गहिरिएको छ। यसले पार्टी विभाजनको सम्भावनासमेत बढाएको कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ।
सम्बन्धित समाचार
मेडिकल व्यवसायी प्रसाईंलाई रिहा गर्न आदेश
रोमानियामा रेलको ठक्करबाट ज्यान गुमाएका दुई नेपालीको पहिचान खुल्यो
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने दुलाल पक्राउ
प्युठानको खोला किनारमा चार जनाको शव फेला
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
भारतीय प्रधानसेनापति सेठ आज काठमाडौं आउँदै






