काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्कै स्थानमा सार्न खोजेको भन्दै नेपाली कांग्रेसका सांसद डा।चन्द्रमोहन यादवले सदनमा अनौठो शैलीमा विरोध गर्ने घोषणा गरेका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर अन्यत्रै सार्न लागेको आरोप लगाए । सरकारको यो कदमको विरोधमा आफू आज दिनभर सदनमा उठेर मौन बस्ने उनले बताए ।
‘ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर यो सरकारले सार्ने भनेको छ,’ डा.यादवले आक्रोश व्यक्त गर्दै भने, ‘यसको विरोधमा म आज दिनभर सदनमा उठेर मौन बस्छु।’
सांसद यादवले यसअघिका सरकारले यो आयोजनाका लागि बजेट विनियोजन गरिसकेको तथ्य समेत सदनमा प्रस्तुत गरे। उनका अनुसार यसअघिको सरकारले सुरुमा २० करोड रुपैयाँ र त्यसपछिको सरकारले पुनः २ करोड रुपैयाँ यसै ट्रमा सेन्टरका लागि छुट्टाइसकेको छ। बजेट विनियोजन भई प्रक्रिया अगाडि बढिसकेको आयोजनालाई वर्तमान मन्त्रीले राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण सार्न खोजेको उनको दाबी छ।
सम्बन्धित समाचार
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै
अझै देशको राजनीति सहज भइसकेको छैन : नेकपा संयोजक प्रचण्ड
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक






