रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगरउनकी श्रीमती शनी घर्तीमगर र उक्त घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगरसमेत पुरिएका छन् । प्रहरीले स्थानीयको सहयोगमा पहिरो हटाउने तथा खोजी गर्ने कार्य जारी राखेको छ ।
यसैगरी, सुनछहरी गाउँपालिका–२ गिट्ठे गाउँमा समेत लादे बुढामगरको घरसमेत पहिरोले पुरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । अहिले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
देवेनरा ग्रुपको आवासमा प्रहरीको छापा
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए
बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते
सरकारी गाडी चोरेर बेच्ने थुनामा, किन्ने तारेखमा रिहा
जाजरकोटमा भूकम्पको धक्का
रोल्पा पहिरो अपडेटः चार जनाको सनाखत, नौ बेपत्ता
चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु






