नेफ्स्कुन पत्रकारिता पुरस्कार राजधानीकर्मी तिमल्सिनालाई

काठमाडौं । पत्रकारितामार्फत सहकारी क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै राजधानी दैनिकका समाचार संयोजक अमृतनाथ तिमल्सिनालाई नेफ्स्कुन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा तिमल्सिनालाई पुरस्कार प्रदान गरिएको हो । सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र अर्थतन्त्रमा यसको योगदान’bout निरन्तर कलम चलाएको भन्दै उनलाई सम्मान गरिएको नेफ्स्कुनले जनाएको छ।

तिमल्सिनाले ललित सन्देश, रेडियो ललितपुर र दिनहुँ दैनिक हुँदै हाल राजधानी दैनिकको समाचार संयोजकका रूपमा पत्रकारिता गर्दै आएका छन्। उनले पत्रकारितामार्फत सहकारी क्षेत्रका गतिविधि, समस्या र सम्भावनालाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएका छन्।

नेफ्स्कुनको स्थापना दिवसका अवसरमा काठमाडौंमा केन्द्रीय तथा सातै प्रदेशमा क्षेत्रीय कार्यक्रम एकसाथ आयोजना गरिएको थियो । कार्यक्रममा सहकारी क्षेत्रको विकासमा विभिन्न विधाबाट उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेफ्स्कुन जीवनपर्यन्त निष्पादन सम्मानबाट स्वर्गीय कैलाशभक्त प्रधानाङ्गलाई सम्मान गरिएको थियो । त्यस्तै, संस्थापक अध्यक्ष पुरस्कारबाट भूमिराज खड्का र नेफ्स्कुन विद्वत्ता सम्मानबाट डा. रुपा जोशी सम्मानित भएका थिए।

संस्थागततर्फ सर्वोत्कृष्ट संघका रूपमा रौतहट जिल्ला बचत संघ तथा सर्वोत्कृष्ट साकोसका रूपमा मध्यनेपाल साकोसलाई पुरस्कृत गरिएको थियो । महिला विधातर्फ महिला सेवा साकोस, मकवानपुरलाई सम्मान गरिएको नेफ्स्कुनले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा होटल लगानीको लहर: पाँचतारे होटलसम्म निर्माण हुँदै