काठमाडौं । विराटनगरस्थित मोरङ कारागार आज सोमबार बिहानैदेखि अशान्त बनेको छ ।
प्रहरीले कारागारभित्र लागूऔषधलगायतका गैरकानुनी सामग्री रहे–नरहेको भन्दै खानतलासी गर्न थालेपछि त्यसको विरोधमा कारागार ‘बी’ ब्लकका कैदीबन्दीले बिहानैबाट नाराबाजी गरिरहेका छन् । उनीहरूले कारागार भवनको छतमा चढेर नाराबाजी गरिरहेको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कारागारमा समय–समयमा गरिने नियमित निरीक्षणकै क्रममा यो कदम चालिएको हो ।
केही कैदीबन्दीलाई अर्को कारागार सार्ने तयारी भएको भएपनि नाराबाजीका कारण तत्कालका लागि योजना स्थगित भएको जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)
सम्बन्धित समाचार
चितवनबाट एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक (पत्रसहित)
स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
रोल्पामा अविरल वर्षापछि खसेको पहिरोले घरगोठ पुरियो, दुईको मृत्यु
रोल्पा पहिरो अपडेट : पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो, ९ जना अझै बेपत्ता
रोकिराखेको बस आफैं गुडेर भीरबाट खस्दा २ महिलाको मृत्यु






