मंगल ग्रहको माटो’bout नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय अवलोकन र विभिन्न वैज्ञानिक मोडेलको प्रयोगबाट तयार गरिएको नक्साले मंगल ग्रहमा कुन प्रकारको माटो कहाँ पाइन्छ भन्ने जानकारी प्रदान गर्छ ।

अनुसन्धानको नेतृत्व गरेका सिड्नी विश्वविद्यालयका विद्यावारिधि अनुसन्धानकर्ता ड्यानियल इर्भिङका अनुसार यसअघि वैज्ञानिकहरूले मंगल ग्रहको भूगर्भ, खनिज संरचना र रासायनिक गुणहरूको नक्साङ्कन गरिसकेका थिए । तर, नयाँ प्रणालीले माटोका विभिन्न गुणलाई एउटै संरचनामा समेटेर तिनको आपसी सम्बन्ध र भौगोलिक वितरण बुझ्न सहयोग पु¥याउनेछ ।

अनुसन्धानकर्ताहरूले माटोको बनावट, खनिज संरचना, पीएच (अम्लीय वा क्षारीय अवस्था) र तहको मोटाइका आधारमा वर्गीकरण गरेका छन् । यस प्रणालीमा माटोलाई १० प्रमुख समूह, १०० उपसमूह र दुई हजार विस्तृत प्रकारमा विभाजन गरिएको छ ।

अध्ययनको प्रारम्भिक परीक्षणका रूपमा अनुसन्धानकर्ताहरूले बिरुवा उत्पादनका लागि उपयोगी हुन सक्ने माटोका विशेषताहरूको मूल्याङ्कन गरेका थिए । त्यस क्रममा ‘नोहि’boutथ’ नाम दिइएको माटोको एक प्रकार सबैभन्दा सम्भावनायुक्त देखिएको छ। शून्यदेखि एकसम्मको मापनमा यसले ०.९३ अङ्क प्राप्त गरेको अनुसन्धानमा उल्लेख छ ।

यद्यपि, यस निष्कर्षको अर्थ मंगल ग्रहको माटोमा सिधै बाली उब्जाउन सकिन्छ भन्ने नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । भविष्यमा मंगल ग्रहमा मानव बस्ती स्थापना गरी खाद्य उत्पादन गर्न नियन्त्रित वातावरण, पानी, आवश्यक पोषक तत्त्व तथा सम्भावित हानिकारक पदार्थको उचित व्यवस्थापन आवश्यक पर्नेछ ।

माटो विज्ञानसम्बन्धी जर्नल ‘क्याटेना’ मा प्रकाशित यस अध्ययनले मंगल ग्रहको माटोका वर्गलाई जनाउन ‘एरेथ्स’ शब्द प्रस्ताव गरेको छ । यो शब्द मंगल ग्रहसँग सम्बन्धित प्राचीन ग्रिक नाम ‘एरेस’ बाट लिइएको हो ।

अनुसन्धान टोलीका अनुसार पृथ्वीमा मंगल ग्रहको माटोसँग मिल्दोजुल्दो मिश्रण तयार गरी नियन्त्रित अवस्थामा थप परीक्षण गर्न सकिनेछ । भविष्यमा मंगल ग्रहमा पठाइने रोभरबाट प्राप्त मापन तथा त्यहाँबाट ल्याइने माटोका नमुनाले पनि तयार गरिएका वैज्ञानिक मोडेलको विश्वसनीयता जाँच्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार