स्मार्ट टेलिकम धरौटी लिलाम प्रकरण : इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई ८० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

बिहीबार अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको यो आदेशसँगै सीईओ पाण्डेले अब निर्वाधरुपमा बैंकको कामकारबाही अघि बढाउन सक्ने छन् । अदालतले थुनामा पठाउने आदेश दिएको भए पाण्डे काममा नफर्कने जोखिम पनि थियो ।

गत २९ वैशाखमा सिन्धुलीबाट पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो ।

न्दीप्रत्यक्षीकरणको निवेदनमाथि भएको सुनुवाइमा न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई रिहा गर्न गत ६ जेठमा आदेश दिएपछि उनी थुनामुक्त भएका थिए । पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै पाण्डेका तर्फबाट श्रीमती निरू दाहालले बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गरेकी थिइन् ।

बन्दीप्रत्यक्षीकरण मार्फत रिहा भएका पाण्डेविरुद्ध सरकारले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दाको थुनछेक बहसपछि अदालतले उनलाई जेलबाहिर नै बसेर मुद्दा लड्न सक्ने सुविधा दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट २ वैशाख २०७० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिई सञ्चालनमा आएको स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) अनुसार ३ वैशाख २०८० मा अनुमतिपत्र स्वतः रद्द भएको थियो । सो कम्पनीको सम्पत्ति सरकारको अनुमति विना मिलेमतोमा बिक्री गरेर कर्जा असुल गरेको आरोपमा उनीमाथि सरकारले ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत घुससहित पक्राउ