३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा गरिएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरेका हुन् ।

साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी भएका छन् । जसमा गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका एक उपभोक्ताले यो पटकको बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् । अन्य १५ जनाले एक एक लाख रुपैयाँ उपहार जितेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायीको आन्दोलन तत्काललाई रोकियो