३ वर्षिया अवोध बालिकाको शव फेला, सौतेनी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका ३ मा आईतवार बिहान एक ३ वर्षिया बालिकाको शव फेला परेको छ ।

उक्त शव सोही वडाका मो. इरफानको ३ वर्षिया छोरी सनिया खातुनको रहेको खुलेको छ । प्रहरीका अनुसार विहान ११ बजे तिर इरफानको घरबाट करिब ६०÷७० मिटरको दुरीमा रहेको झाडीमा सनियाको मृत शरीर फेला परेको छ । बिहान ९ बजेसम्म उनी घरमै खेलिरहेको र त्यसपछि अचानक सम्पर्कविहिन भएको परिवारजनले बताएका छन् ।

स्थानीयले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी उपरिक्षक रुपक खडका, प्रहरी नायब उपरिक्षक हेमराज घिमिरे सहितको प्रहरी टोली घटना स्थलम पुगेर अनुसन्धान शुरु गरेको छ । सनियाको शरिरमा बाहिरी चोट नदेखिए पनि अन्य कुनै विधि प्रयोग गरी उनको हत्या गरी शव लुकाउन कसैले झाडीमा फ्यालेको हुनसक्ने आशंका गरिएको छ । मृत्युको यकिन कारण भने पोष्टमार्टम रिर्पोट पछि मात्र भन्न सकिने प्रहरी उपरिक्षक खडकाले बताए ।

उनले अनुसन्धानका क्रममा मृतक बालिकाकी सौतेनी आमालाई नियन्त्रणमा लिइएको जानकारी समेत दिए ।

‘अहिले मृतककी सौतेनी आमालाई शंकाको आधारमा नियन्त्रणमा लिएका छौ । प्रहरी उपरिक्षक खडकाले भने–अनुसन्धान सकाएर छिट्टै सबै सत्यतथ्य सार्वजनिक गर्ने छौ ।

बाराको जितपुर सिमरामा एक नाबालिकाको भएको हत्या घटना सेलाउन नपाउँदै सप्तरीको भएको अर्को घटनाले स्थानीय समाजमा त्रास फैलिएका छ । आईतवार नै मृतक बालिकाको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पुर्याइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै महिला, बालबालिका मन्त्रालय, सातै प्रदेशमा परामर्श कार्यक्रम