हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिने ह्विप जारी गरेको छ । नेकपाले आफ्ना प्रदेशसभा सदस्यहरूलाई आइतबार ह्विप जारी गरेको हो ।
मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने तयारी छ ।
नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले आइतबार एक पत्र जारी गर्दै ८ भदौ सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
‘प्रदेशसभाको १८औँ बैठकमा अनिवार्य उपस्थिति भई विश्वासको पक्षमा मतदान गर्न दलका नेताको निर्देशन सहित उपस्थितिको लागि निर्देशन छ,’ उनले जारी गरेको पत्रमा भनिएको छ ।
गत ३ भदौमा नेकपा, एमाले र राप्रपाबीचको सहमति र सहकार्यमा मुख्यमन्त्री थापाको नेतृत्वमा बागमती सरकार गठनका लागि दाबी पेस भएको थियो । त्यसको भोलिपल्ट ४ भदौमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नियुक्ति तथा शपथ ग्रहण गराएका थिए ।

सम्बन्धित समाचार
बागमतीका मुख्यमन्त्री बानियाँले ३ भदौभित्र विश्वासको मत लिने, पाउँलान् त ?
सुदूरपश्चिम सरकार गठन : भोलि बिहान ११ बजेभित्र दाबी पेस गर्न आह्वान
सुदूरपश्चिम प्रदेशमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री नियुक्त
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा पेस
स्कुलबाट घर आउँदै गर्दा बगेकी बिनिताको शव भेटियो, एक जनाको खोजी जारी
बागमतीमा एमालेलाई नेकपा र राप्रपाको समर्थन, आजै थापा मुख्यमन्त्री बन्ने
दुई लाख रुपैयाँ घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य समातिए






