उदयपुर । मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।
उदयपुरको बेलका नगरपालिका– ५, जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार पाँच जना घाइते भएका थिए । जसमध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी बमका अनुसार सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इंग्लिस बोर्डिङ स्कुलको बस एक–आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारका क्रममा बेलका नगरपालिका–५ की ३४ वर्षीया मन्दिरा मगर र नाम, थर, उमेर तथा ठेगाना नखुलेकी अर्की एक महिलाको बिहान करिब ११ः४५ बजे उपचारको क्रममा ज्यान गएको डीएसपी बमले जानकारी दिए ।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन् । बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर गम्भीर घाइते छन् ।
त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ भने तीन जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिएको जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न बस र चालक बेलका नगरपालिका– ५ का ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ । घटना’bout थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
जाजरकोटमा भूकम्पको धक्का
सप्तकोशीको धार फेरिँदा श्रीलंका टापुका ६ सय परिवार जोखिममा
रोल्पा पहिरो अपडेटः चार जनाको सनाखत, नौ बेपत्ता
पहिरोमा पुरिएर ७२ वर्षीया वृद्धाको मृत्यु
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
बागमतीमा एमालेलाई नेकपा र राप्रपाको समर्थन, आजै थापा मुख्यमन्त्री बन्ने






