पोखरा । गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरेपनि तत्कालका लागि रोकिएको छ । मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको प्रतिक्रिया दिए । तर मंगलबार विहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख सचेतक देवका पहारीले जानकारी दिएकी थिइन् ।
मंगलबार दिउँसो एमालेका चारैजना मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भए । सबैले मन्त्रिपरिषद् बैठकबाटै राजीनामा दिने आँकलन गरेका थिए ।
तर, मन्त्रीहरु बैठक सकेर राजीनामा नदिइ निस्किएका छन् । बैठकबाट बाहिरिने क्रममा मन्त्री नेपालीले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भने, ‘बाहिर आएको कुरा सत्य होइन । अहिलेसम्म हामी सरकारमै सामेल छौं ।’
एमालेका एक सांसदले संसदीय बोर्डको बैठकमा राजीनामा दिने गरी हस्ताक्षर समेत भैसकेको बताए । ‘राजीनामा दिने निर्णय भएकै हो । राजीनामा पत्रमा चारैजनाको हस्ताक्षर पनि गरिएको छ,’ बैठकमा सहभागी ती सांसदले भने, ‘किन दिनुभएन थाहा छैन ।’
बुधबार एमाले संसदीय दलको बैठक राखिएको छ । उक्त बैठकमा राजीनामा’bout थप छलफल हुने सांसदहरुले बताएका छन् ।
सम्बन्धित समाचार
विपक्षी दलका सांसदहरूले गरे संसद बैठकमा विरोध
रास्वपा सभापति लामिछाने चीन जाने मिति तय
कोशीबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा
देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला
इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न रास्वपा सांसद गौतमको माग
रास्वपा सांसद तामाङले किन गरिन् संसद बैठक बहिष्कार ?
सभापति थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन






