बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटना अझै सेलाउन नपाउँदै सोही क्षेत्रबाट अर्की बालिका बेपत्ता भएकी छन्।
जीतपुर सिमरा उपमहानगरपालिका–६ निवासी ११ वर्षीया सनाया खातुन मंगलबारदेखि सम्पर्कविहीन भएकी हुन्। बालिका बेपत्ता भएपछि परिवारले खोजीका लागि इलाका प्रहरी कार्यालय सिमरामा जानकारी गराएको छ।
सनाया बेपत्ता भएको जानकारी उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह प्रहरीलाई गराएकी हुन्। सूचना प्राप्त हुनासाथ प्रहरीले बालिकाको खोजी सुरु गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दयाकृष्ण भट्टले बालिका बेपत्ता भएको निवेदन प्राप्त भएको पुष्टि गर्दै खोजी कार्य अघि बढाइएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)
सम्बन्धित समाचार
नदीमा डुबेर बेपत्ता ३ बालबालिकामध्ये २ जनाको शव फेला
नेपाल प्रहरी विशेष सुरक्षा गणमा दुर्गा मन्दिरको उद्घाटन
भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई घाइते
रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
रोकिराखेको बस आफैं गुडेर भीरबाट खस्दा २ महिलाको मृत्यु
मधेश सरकारलाई हरवाचरवा मञ्चको १० दिने ‘अल्टिमेटम’
लुम्बिनी सरकारको कदमप्रति ‘अग्रगामी मोर्चा’को आपत्ति
ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त






