भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

राहत सामग्रीहरु तयारी नुवाकोट, ११ भदौः बाढीबाट प्रभावितलाई वितरणको लागि नेपाल सरकारबाट खरिद र विभिन्न दाताबाट प्राप्त भएका खाद्य सामग्रीहरु श्री नं १ सैन्य तालिम केन्द्र, विदुरमा एकीकृत गरिँदै, यहाँबाट आवश्यकताको आधारमा प्रभावित क्षेत्रमा वितरण हुनेछ । तस्बिरः रामहरि न्यौपाने÷रासस

काठमाडौं । भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाउने भएको छ। भारतीय विदेशमन्त्री डा। एस जयशंकरले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

“भारत नेपालका अधिकारीहरुसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौं”, उनले भनेका छन्। भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल पठाइएको उनको भनाइ छ। ज

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवाको बाढीमा दैलेखका पाँच जना अझै सम्पर्कविहीन