काठमाडौं । माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका खटिएको टीम सुरङभित्र प्वाल पारेर प्रवेश गरेको छ ।
उद्धार टोलीले आज दिउँसो २:०० बजे सुरुङको मुख्य भाग (क्राउन हेड) मा पुगेर २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाउन सफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
उक्त प्वालबाट उद्धारकर्मीहरू डोरीको सहायताले (र्यापेल गरेर) सुरुङको तल्लो भागसम्म पुगेका थिए । तर, भित्र पसेर बारम्बार आवाज दिँदा र बोलाउँदा पनि भित्रबाट कुनै प्रतिक्रिया नआएको उद्धारमा संलग्न अधिकारीहरूले जनाएका छन् ।
भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अहिले प्वाललाई थप फराकिलो बनाउन र भित्रको अवरोध हटाउन ठूला उपकरणहरू परिचालन गरिनुका साथै ब्लास्टिङ गर्ने तयारी भइरहेको छ ।
त्यहाँ उद्धारमा इन्जिनियरसहित ६६ जना सेना, तालिमप्राप्त कुकुरसहित १८ जना एपीएफ, ६ जना प्रहरी गरी ९० जना खटिएको बताइएको छ ।
सम्बन्धित समाचार
३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख
सभापति थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन
मेरिट मिचेर वायुसेवा निगम अध्यक्ष नियुक्ति, सर्वोच्चद्वारा बदर
सतर्कता केन्द्रले भन्यो : कर्मचारीले समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्नु
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
वीरगञ्ज चिनी मिल सञ्चालनकाे तयारी
रसुवामा १२ जनाको हेलिकप्टरबाट उद्धार
ताल बढ्ने क्रम जारी छ, जोखिम अझै टरेको छैन : बाढी पूर्वानुमान महाशाखा






