बाढीमा परी घाइते भएका ७८ जना उपचारपछि डिस्चार्ज

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८ जना व्यक्तिहरू विभिन्न अस्पतालहरूमा सफल उपचार पश्चात् डिस्चार्ज भएका छन् ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार उद्धार गरिएका घाइतेहरूको काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न १२ वटा अस्पतालहरूमा उपचार गरिएको थियो

बाढीबाट घाइते भएकामध्ये सबैभन्दा धेरै २७ जनाको यस सेन्टरमा उपचार र डिस्चार्ज भएको छ । डिस्चार्ज हुनेहरूमा विवेक कुमाल, रिहाना लामिछाने, पाङ्बो तामाङ, दोल्का लामा, कमल ब। खरेल, राज कुमार खड्का, रेन्जेन तामाङ, सुनिल डंगोल, विराटमान तामाङ, ङवाङ दोर्जे तामाङ, डोल्मा तामाङ, काइली डोल्मा तामाङ, मिङमार याङचेन तामाङ, बासुदेव आचार्य, एन्जल पौडेल, दावा छेन्जोङ तामाङ, मेन्दो रेस्मा लामा, अरविन्द कुमार मेहता, सुवास खड्का, थाम्बा तामाङ, बेकार तामाङ, काजी तामाङ, अभिषेक पहरी, रेम्बप तामाङ, शान्ति कुमारी तामाङ, टेक बहादुर तामाङ र सेती माया तामाङ रहेका छन् ।

महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट २४ जना घाइतेहरू निको भएर घर फर्किएका छन् । यस अस्पतालबाट डिस्चार्ज हुनेहरूमा नगरीलाल बुढाथोकी, रुक्स रोक्का, अर्जुन बस्नेत, सुशील श्रेष्ठ, कर्मा नगरकोटी र उनका तीन महिनाका शिशु (पावलक), प्रेम दोर्जे घले, हेमा दोर्जे घले, फुर्वा लामा, प्र ह राजु खत्री, सुदर्शन रिमाल, रेबिका नगरकोटी, कविता नेपाली, पासाङ छोमु घले, रमेश अधिकारी, प्रितु पटेल, छेपाङ तामाङ, सोमे तामाङ, चिम लाल तामाङ, सम्झना न्यौपाने, रोशन तामाङ, सन्दिप बस्नेत, चन्द्र बहादुर शाही र मिङमार चौहाण रहेका छन् ।

वीर अस्पतालबाट चिनियाँ नागरिक र बालबालिकासहित १२ जना घाइतेहरू डिस्चार्ज भएका छन् । यसरी डिस्चार्ज हुनेहरूमा कुश कुमार श्रेष्ठ, तुल्सी बहादुर भण्डारी, नारायण कृष्ण श्रेष्ठ, कृष्ण भक्त श्रेष्ठ, चिनियाँ नागरिकहरू लिजी, केन्फेई र झिंगाली, उर्कु घले, छिरिङ छुमु घले, सोपा तामाङ (बालक), पाल्दुङ तामाङ (बालिका) र विभुषण देवेन्दी रहेका छन्।

ललितपुरस्थित बयोधा अस्पतालबाट ५ जना घाइतेहरू डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरूमा प्रिन्स बतोला, प्रेम कुमारी उप्रेती, रिता बतौला, निर्मल कुमार उप्रेती र दिव्य आचार्य रहेका छन् ।

नुवाकोटस्थित त्रिशुली अस्पतालबाट २ जना घाइतेहरू (ज्ञान कुमार डंगोल र चिज बहादुर भट्ट) उपचार पश्चात् डिस्चार्ज भएका छन् । मिमैर्जु शुभम् अस्पतालबाट २ जना घाइतेहरू (रविन्द्र देवकोटा र नर प्रसाद देवकोटा) डिस्चार्ज भएका छन् ।

त्यस्तै, अन्य विभिन्न ६ वटा अस्पतालबाट पनि बाँकी संख्याका घाइतेहरू उपचारपश्चात् घर फर्किएको केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीमा परी घाइते भएका ७८ जना उपचारपछि डिस्चार्ज