आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भई बन्द भएको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।

आन्दोलनका क्रममा स्टोरमा आगजनी भएपछि भाटभटेनी बिर्तामोड लामो समयदेखि बन्द थियो । क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा आवश्यक व्यवस्थापन पूरा गरेपछि कम्पनीले स्टोर नियमित रूपमा सञ्चालनमा ल्याएको हो ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेललका अनुसार आइतबारदेखि स्टोरले दैनिक रूपमा नियमित सेवा दिएको हो ।

कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै स्टोरमा आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ । स्टोर पुनः सञ्चालनमा आउन लागेको अवसरमा भाटभटेनीले ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेको छ ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा पनि ग्राहकको साथ र विश्वास निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् ।

आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा निजी तथा व्यावसायिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको थियो । बिर्तामोडस्थित भाटभटेनी पनि त्यसबाट प्रभावित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो