चीनबाट पाँच जना डीएनए पहिचान विशेषज्ञ काठमाडौं आइपुगे

काठमाडौं । नेपालका लागि चिनियाँ सहायता विशेषज्ञहरूको तेस्रो टोलीका रूपमा पाँच जना डीएनए पहिचान विशेषज्ञहरू पनि काठमाडौं आइपुगेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ तथा नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता जनाउनुका साथै चिनियाँ विशेषज्ञ टोलीलाई स्वागत गरेका थिए ।

नेपालको वास्तविक आवश्यकता र मागलाई ध्यानमा राखेर उपलब्ध गराइएको सो राहत सामग्रीमा तत्काल आवश्यक पर्ने ड्रोन, डीएनए परीक्षण उपकरण तथा अभिकर्मक (Reagents), पानी शुद्धीकरण उपकरण र प्रकाश उपकरणलगायत सामग्रीहरू समावेश छन् ।

नेपाल आइपुगेलगत्तै चिनियाँ डीएनए पहिचान विशेषज्ञ टोली विपद् प्रभावित क्षेत्रको अग्रपंक्तिमा पुगेर नेपाली पक्षलाई आवश्यक पहिचान तथा उद्धारसम्बन्धी कार्यमा सहयोग गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी