काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको अपूरणीय जनधनको क्षतिका ’boutमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा सदनमा प्रतिनिधित्व गरेका छ दलका प्रतिनिधिले भनाइ राख्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
यसअघि यही १० भदौमा सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरु समेत खोज, उद्धार, राहत तथा पुनःस्थापनामा संलग्न हुनुपर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)
सम्बन्धित समाचार
रञ्जु दर्शनाले किन गरिन् संसदमा हारगुहार ?
दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता
सांसद प्रकाशबहादुर देउवा पदमुक्त
रास्वपा सभापति लामिछाने मन्त्री र सांसदसँग सामूहिक छलफल गर्दै
कर्णाली प्रदेश मन्त्रालय बाँडफाँटमा सहमति : नेकपालाई मुख्यमन्त्रीसहित चार र एमालेलाई तीन मन्त्रालय
विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय
राप्रपा निर्णयः उद्धव थापा प्रदेश सांसदबाट पदमुक्त
प्रधानमन्त्री बालेन कालो चस्मा लगाएर संसदमा प्रस्तुत हुने






