काठमाडौं । सरकारले बाढीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरूको शव कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिरहेको जनाएको छ ।
‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन जारी छ । हालसम्म रसुवामा ६, काठमाडौंमा ४७, चितवनमा २९२, धादिङमा २५, गोरखामा ३९, तनहुँमा १५, नवलपरासीपूर्वमा १७४ र नवलपरासीपश्चिममा ६९ वटा शव व्यवस्थापन भइसकेको जनाइएको छ । पहिचान हुननसकेका शव जमिनमुनी व्यवस्थापन भइरहेको छ ।
पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी व्यवस्थापन भइरहेको छ । हालसम्म एक हजार ५० जनाको शव फेला परेको छ । पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी व्यवस्थापन भइरहेको सरकारको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ ।
यसरी गर्न सकिन्छ डिएनए परीक्षण
नेपाल प्रहरीले प्रकाशित गरेको सूचनाअनुसार बाढीका कारण मृत्यु भई शव फेला परेका शवहरूको शकमा नेपाली तथा विदेशी नागरिकहरूले डिएनए परीक्षणमार्फत शव तथा शरीरका कुनै अंग वा भाग यकिन गर्न अनुरोध गर्न सक्छन् ।
प्रहरी निरीक्षक शम्भुबहादुर केसीका अनुसार डिएनए परीक्षणका लागि सबैभन्दा नजिकको रगतको नाता बुबा, आमा, छोरा वा छोरीमध्ये कोही एक जनाको रगतको नमूना संकलनका लागि २ प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, प्याथोलोजी ल्याब, काठमाडौं वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।
उनका अनुसार विदेशमा रहेका व्यक्तिको हकमा, बाबु, आमा, छोरा र छोरीमध्ये कोही १ जनाको विदेशमा नै डिएनए परीक्षण गरी तुलनाका लागि सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलः [email protected] मा पठाउने व्यवस्था छ ।
सम्बन्धित समाचार
केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता
चामे–बेँसीसहर सडक अवरुद्ध
मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
कोइरालाको नेतृत्वमा आपतकालीन केन्द्र स्थापना
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
सुरुङभित्र फसेका मानिसको उद्धारमा खटिएको टीम सुरङभित्र प्रवेश






