सरकारलाई कांग्रेसको आग्रह :स्वतःस्फुर्त आन्दोलनमा दमन नगर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधि विरुद्ध देशभर भइरहेका स्वत स्फुर्त आन्दोलनमाथी दमन नगर्न सरकारलाई आग्रह गरेको छ ।

स्वतस्फूर्त रुपमा भइरहेको प्रदर्शनमा दमन नगर्न र आन्दोलनबाट उठेका मागको सम्बोधन गर्न सरकारलाई कांग्रेसले आग्रह गरेको हो ।

‘युवाले गरिरहेको प्रदर्शन कोरोनाविरुद्धको संघर्षमा सरकारको असफलता प्रतिको जनअसन्तुष्टि र जनआक्रोश हो, ‘कांग्रेसले भनेको छ,‘आन्दोलनमाथी दमन नगरेर उनीहरुका माग सम्बोधन गर्न सरकारलाई आग्रह छ ।’

प्रवक्ता विश्वप्रकाश शर्माद्धारा शनिबार जारी विज्ञप्तीमा प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घचाहटलाई सरकारले समयमै नबुझेका कारण कोरोना संक्रमण ब्यापक बन्दै गएको भनिएको छ । सरकारको आग्रह स्वीकारेर जनताले लकडाउनको पालना गरेको भए पनि कांग्रेसले सरकारले नै कोरोनाविरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न नसक्दा परिस्थिति जटिल बन्दै गएको दाबी गरेको छ ।

‘नागरिकमा निराशा, प्रश्न र आक्रोश जन्मनु स्वाभाविक हो, ‘प्रदर्शनमा अभिव्यक्त जनभावना सम्बोधन गर्न र कुनै पनि ढंगले बल प्रयोग गर्ने कार्य नगर्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ ।’ विज्ञप्तीमा भनिएको छ । संक्रमणको सुरुवात हुँदा उठाएका मुद्दा नै हालको प्रदर्शनमा उठेको भन्दै कांग्रेसले पीसीआर परीक्षण व्यापक गर्न, स्वास्थ सामग्री पर्याप्त ब्यवस्था गर्न, क्वारेन्टिनहरुलाई मापदण्डयुक्त बनाउन, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको यथासीघ्र उद्धार गर्न सरकरसँग आग्रह गरेको छ ।

कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर संविधान संशोधनको प्रस्ताव पारित भएपछि भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश हुने समेत भनेको छ । कांग्रेसले राष्ट्रियताको सवालमा राष्ट्रिय एकता महत्वपूर्ण रहेको औंल्याउँदै नक्सा पारितपछि ती भूभागमा नेपालको निर्बाध हक स्थापित गर्न उच्चस्तरीय कूटनीतिक पहलका लागि पनि सरकारलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

कप्तानगन्ज घटनाः सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो