काठमाडौं । शुक्रबार दुई जनाको जीवित उद्धार गरेको ठाउँ त्रिशूली–३ ए जलविद्युत आयोजनामा नेपाली सेना र सशस्त्र प्रहरीसहितको उद्धार टोलीले उद्धार जारी राखेको छ ।
नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहितको नेपाल सेना र सशस्त्रको टोली त्यहाँ फसेका थप जनशक्तिको उद्धारका लागि पावर हाउसभित्र प्रवेश गरिसकेको छ ।
टनेलको भित्र सम्म पुगेर फर्किएका सशस्त्र प्रहरीका हवलदार पवन तामाङले भित्र एउटा शव फेला परेको बताएका छन् ।
उद्धारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीका अनुसार टनेलभित्रको सात तल्लामध्ये पाँच तला हिलोले डुबाएको छ । दुई तला मात्रै देखिएको र त्यहीँ शव फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको हो ।
दुई जनाको जीवित उद्दार गरिएको ठाउँमा सशस्त्र प्रहरीका डिएसपी अमृत थापाको कमान्डमा १८ जना सीएसएसआरसहितको स्पेसल टिमले विगत १० दिनदेखि उद्दारको काम गरिरहेको छ ।

शुक्रबार बिहान सुरुङमा फसेका दुई जनाको जीवित उद्धार गरिएको थियो । नेपाली सेनाले र सशस्त्रका उद्धारकर्मीले भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कवीर महर्जनलाई १०औँ दिनमा जीवित उद्धार गरेका हुन् ।
त्रिशूली–३ ए मा उद्धार कन्टिन्यु रहेको नुवाकोटमा बसेर उद्धार समन्वय गरिरहेका सेनाका एक जना उच्च अधिकृतले भने, ‘उद्धार कार्य जारी छ, हाम्रा उद्धारकर्मी बिहान जीवित भेटिएको स्थानभन्दा अगाडि पसेर त्यहाँ फसेकाहरूलाई खोज्ने प्रयास गरिरहेका छन् ।’
त्रिशूली–३ ए आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा सञ्चालित छ । आयोजनाको ड्याम रसुवाको भूभागमा पर्छ ।
सम्बन्धित समाचार
काठमाडौं महानगरले सोध्यो ९२ निजी विद्यालयलाई स्पष्टीकरण
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर, ६४ शव भेटिए
भोटेकोशी बाढी : उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
बाढीबाट यातायात क्षेत्रमा भएको क्षति सम्बन्धमा अध्ययन गर्न समिति गठन
‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत आयो, उद्धार जारी






