धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बिचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीव्रता दिइएको छ ।
गत भदौ १० गते र त्यसपछिको त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो । सडक विभागका अनुसार हाल उक्त स्थानमा सडकको ग्रेड मिलाउने तथा सतह सम्याउने कार्य प्राविधिक टोलीद्वारा भइरहेको छ ।
नदीको कटान र सडक भासिएका कारण जोखिमपूर्ण बनेको यस खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण र मर्मतलाई प्राथमिकतामा राखिएको छ । मौसम अनुकूल रहेमा आज साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको तयारी छ ।
देशको मुख्य जीवन रेखा मानिने पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको छ । सडक मर्मत सम्पन्न भई यातायात पुनः सुरु भएमा यस क्षेत्रको सवारी चाप कम हुने र आवागमन सहज हुने विश्वास लिइएको छ ।
सम्बन्धित समाचार
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
विकास आयोजनाको स्थलगत अनुगमन गर्दै सभापति ढकाल
गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच
वीरगञ्ज चिनी मिल सञ्चालनकाे तयारी
बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह
डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
तादीखोलामा एक्रोब्रिज जडान तीब्र






