लमजुङ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ । उक्त खण्डमा करिब ८.९ किलोमिटर सडक विस्तार एवं कालोपत्रको काम धमाधम अघि बढेको छ ।
उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ । ६२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको सडकखण्डको हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।
आयोजनाका अनुसार २०८२ साल जेठमा सम्झौता भएको उक्त सडकखण्ड २०८४ जेठसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हाल सडक चौडा बनाउने, पर्खाल तथा नाली निर्माण र बेस तयार गर्ने काम भइरहेको छ । कालोपत्र, कल्भर्ट निर्माण तथा रङरोगन गर्न बाँकी छ ।
त्यसैगरी, चालु आर्थिक वर्षमा तनहुँको बाइसजाँगरदेखि लमजुङ–तनहुँ सिमाना हुँदै लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीसम्मको करिब ६.५ किलोमिटर सडक दुई लेनमा विस्तार गर्न ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सो सडकखण्डको ठेक्का आह्वान भइसकेको र ठेकेदार छनोट प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ ।
लमजुङ, मनाङलगायतका जिल्लालाई जोड्ने प्रमुख मार्गका रूपमा रहेको उक्त सडक हुँदै अन्नपूर्ण पदमार्गमा जाने आन्तरिक तथा विदेशी पर्यटक आवतजावत गर्ने गरेका छन् । सडक दुई लेनमा विस्तार भएपछि यातायात सहज हुनुका साथै पर्यटन आवागमनमा वृद्धि हुने अपेक्षा छ ।
सम्बन्धित समाचार
चामे–बेँसीसहर सडक अवरुद्ध
म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा
वीरगञ्ज चिनी मिल सञ्चालनकाे तयारी
भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध
बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा
कांकडभिट्टामा गोप्रो क्यामेरा जडान






