बलात्कारका फरार प्रतिवादी एक बर्षपछि प्रहरी फन्दामा

राजविराराज । बलात्कारका एक फरार आरोपी एक बर्ष पछि आइतवार प्रहरी फन्दामा परेका छन । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वाड नं. ७ का ३७ वर्षीय शिव शंकर मण्डल छन् ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार मण्डललाइ घरमै लुकेर बसेको अबस्थामा पक्राउ गरेको प्रहरीनायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

२०७६ असार १८ गते राति ९ बजेतिर गाउकै एक युवतीलाइ बलात्कार गरी मण्डल फरार रहेको उनको भनाइ छ । मण्डललाइ आइतबारै सप्तरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दा दर्ता र म्याद थप गराइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका