धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ।
सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो ।
प्रशासनका अनुसार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ आउने सवारीसाधन सञ्चालन हुनेछन् । धादिङबेंसीतर्फ आउने सवारीसाधनले दिउँसो १२ बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ ।
यसैगरी, दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन् । गल्छीतर्फ जाने सवारीले साँझ ७ बजेभित्र परेवाटार पार गरिसक्नुपर्ने छ ।
तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङबेंसीबाट सुनौलाबजार, फोस्रेटार र केउरिनी हुँदै गल्छीतर्फ आवतजावत गर्न सकिनेछ ।
सम्बन्धित समाचार
शव समाधिस्थ: अभ्यास र कानुन छ, छैन नमूना अभिलेख प्रणाली
नारायणी अस्पतालबाट अपहरणमा परेका नवजात शिशुको उद्धार, अपहरणकारी महिला पक्राउ
भोटेकोशी भीषण बाढीमा बगेका केही शव भारतसम्म पुगेको पुष्टि
सम्भव छ जलवायु न्याय र क्षतिपूर्तिको कानुनी लडाइँ
१० दिनपछि पनि जीवित उद्धार भएपछि उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सर्वत्र प्रशंसा
त्रिशूलीमा बाढी आउँदा सशस्त्र र नेपाल प्रहरीले यसरी जोगाए ९२३ कैदीबन्दी
आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै
कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने






