काठमाडौं । पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौंमा ल्याई बिक्री गरिएका हुन् ।
निगमका अनुसार सोमबार ४८ हजार १०९, मंगलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौं ल्याएर बिक्री गरिएका छन् । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही १४ भदौदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको थियो ।
पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौं ल्याई बिक्री गरिने निगमले जनाएको छ ।
सम्बन्धित समाचार
रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित
२३ भदौका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता जारी, आजै दुवै प्रहरी प्रमुखसँग पनि भेट्दै
पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध दायर रिट निवेदन खारेज
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता






