काठमाडौं । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ ।
यही भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका ९३ जना सम्पर्कविहीन भएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत रेकी गर्नेलगायतका काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार रसुवागढी जलविद्युत् आयोजनामा परेर ९३ जना सम्पर्कविहीन भएको बताइएको छ ।
इप्पानका अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन् । दुई जना ज्यालादारीका कर्मचारी छन् । निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना सम्पर्कविहीन छन् । सिडब्लुईका चार, भनस कन्स्ट्रक्सनका तीनसम्पर्कविहीन भइरहेका छन् ।
भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएपछि उनीहरूको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
सम्बन्धित समाचार
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
२७ जना सह–सचिवको सरुवा (सूचीसहित)
बाढी प्रभावितको उद्धार र राहतमा तिव्रता दिने सरकारको निर्णय






