सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउने सरकारको तयारी

काठमाडौं । सरकारले सुत्केरी विदा बढाएर ६ महिना पुर्‍याउने तयारी अघि बढाएको छ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले हाल ९० दिन दिँदै आइएको सुत्केरी विदा बढाएर ६ महिना बनाउने प्रस्ताव अघि सारेको जानकारी दिएकी हुन्।

मन्त्री गौतमले बुधबार सामाजिक सञ्जालमार्फत् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको र त्यसमा सुत्केरी विदा बढाएर ६ महिना बनाउने प्रस्ताव गरिएको बताएकी छन्।

विधेयकमा सुत्केरी आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ।

यो विधेयक मन्त्रिपरिषद् हुँदै संसद्‍मा लैजाने तयारीमा रहेको मन्त्री गौतमले बताइन् । उनले सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन भएको पनि बताएकी छन्।

‘आजको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेका छन,’ गौतमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो।’

उनले बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएकाले बुबाको पनि विदाको अविधि बढाउन प्रस्ताव गरिएको बताएकी छन्।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबारमा सर्वदलीय बैठक सुरु