काठमाडौँ । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु. एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहत स्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।
बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा नि:शुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।
मन्त्री साहका अनुसार मधेश प्रदेश सभाको बैठक यही कात्तिक २८ गतेदेखि सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
प्रदेश सभा बैठक सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसँगै बैठक पुनः सञ्चालन हुने बाटो खुलेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)
सम्बन्धित समाचार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
बिद्यालयको छानामा ताप परावर्तक रङ र इन्सुलेसन जडान
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
‘विवादमा आएका न्यायाधीशविरुद्ध महाभियोग !’
फेटा घटनाका घाइते आदित्यलाई थप उपचारका काठमाडौं लगियो
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा
जनचेतना अभियानको सामाजिक परीक्षण






