काठमाडौं । पूर्वाधार, दूरसञ्चार, औद्योगिक सहकार्य, लगानी, आतिथ्य तथा पर्यटन क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि काम गर्दै आएका उद्यमी तथा विकास अभियन्ता प्रसिद्ध ब. पाण्डेले नेपालको आर्थिक विकासको दिशा’bout आफ्नो दृष्टिकोण समेटिएको पुस्तक सार्वजनिक गरेका छन्।
पाण्डेद्वारा लिखित ‘प्रधानमन्त्री र समृद्धिः नेपाललाई १०० अर्ब डलरको कुल गार्हस्थ्य उत्पादनतर्फ लैजाने’ पुस्तकमा नेपालको आर्थिक सम्भावनालाई उत्पादन, निर्यात, रोजगारी, लगानी तथा सार्वजनिक आम्दानीमा रूपान्तरण गर्ने उपाय’bout चर्चा गरिएको छ।
होटल सङ्घ नेपालका पूर्व अध्यक्ष तथा हाल शाङ्ग्रिला आतिथ्य समूहका अध्यक्ष रहेका पाण्डेले आफ्नो व्यावसायिक जीवनको ठूलो हिस्सा नेपालको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएका क्षेत्रमा बिताएका छन्। उनको व्यावसायिक यात्रामा अन्तर्राष्ट्रिय कम्पनी अल्काटेल र मित्सुबिसीलाई नेपालमा भित्र्याउन भूमिका निर्वाह गर्नुका साथै दूरसञ्चार तथा पर्यटन पूर्वाधार विकासमा योगदान रहेको जनाइएको छ।
पुस्तकमा नेपालको प्रमुख आर्थिक चुनौती राष्ट्रिय प्रतिबद्धता र उपलब्ध सम्भावनालाई उत्पादन, निर्यात, रोजगारी, लगानी तथा सार्वजनिक आम्दानीमा रूपान्तरण गर्न नसक्नु रहेको उल्लेख गरिएको छ।
पाण्डेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय प्राथमिकतामा स्पष्ट जिम्मेवारी, लक्ष्य, समयसीमा र सार्वजनिक प्रतिवेदनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले यसका लागि ‘प्रधानमन्त्री कार्यसम्पादन प्रणाली’को अवधारणा अघि सारेका छन्।
पुस्तकमा नेपालको आर्थिक विस्तारको मापदण्डका रूपमा १०० अर्ब अमेरिकी डलर बराबरको कुल गार्हस्थ्य उत्पादन हासिल गर्ने लक्ष्य प्रस्तुत गरिएको छ। त्यसका लागि दक्षिण कोरिया, मलेसिया, भियतनाम, भुटान र सिङ्गापुरलगायतका देशका आर्थिक विकासका अनुभवबाट सिक्न सकिने विषयसमेत समेटिएको छ।
नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र उपलब्ध सम्भावनालाई दीर्घकालीन आर्थिक वृद्धिमा रूपान्तरण गर्न प्रभावकारी कार्यान्वयन र समन्वित शासन प्रणाली आवश्यक रहेको पाण्डेको धारणा छ।
जनैपूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको पुस्तक काठमाडौंका प्रमुख पुस्तक पसलसँगै अमेजन, एप्पल बुक्सलगायतका अनलाइन माध्यममा समेत उपलब्ध रहेको जनाइएको छ।
सम्बन्धित समाचार
बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी
नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग
भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै






