पोखरा । गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा युवानिधि बसौलामाथि पोखराको पद्य नर्सिङ होम स्तरवृद्धिको अनुमति दिने विषयमा घूस लेनदेनको आरोप लागेपछि प्रदेश सरकारले छानबिन सुरु गरेको छ ।
घूस लेनदेनको विषय सञ्चारमाध्यममार्फत बाहिरिएपछि आइतबारको प्रदेश सरकार मन्त्रिपरिषद्ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।
उक्त प्रकरणमा मुछिनुभएका स्वास्थ्य मन्त्रालयका सचिव डा बसौलालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता बोलाइएको छ । उक्त घटनाको छानबिन तथा अनुसन्धानका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा पत्रचारसमेत गरेको प्रवक्ता शेरचनले बताए । छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।
समितिले अस्पतालको अनुमति-स्तरवृद्धिसम्बन्धी कानुनी व्यवस्था, प्रकृयालगायतका विषयमा छानबिन गरी सुझावसहितको प्रतिवेदन पेस गर्नेछ । छानबिनबाट उक्त विषयको वैधानिकता र प्रक्रियागत अवस्था स्पष्ट नभएसम्म सम्बन्धित अस्पताल स्तरवृद्धिका लागि दिइएको अनुमतिको निर्णय कार्यान्वयन नगरी स्थगन गर्न स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अगाडि बढाइने भएको छ ।
सम्बन्धित समाचार
पोखरामा जग्गाको कित्ताकाट खुल्यो
नमूना बस्ती पहिरोको उच्च जोखिममा
अर्थमन्त्री डा. वाग्लेद्वारा पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
चीन–नेपाल जोड्ने केरुङ नाका यही स्थानमा किन बन्यो ?
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार






