अर्थमन्त्री डा. वाग्लेद्वारा पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । 

सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

चीन–नेपाल जोड्ने केरुङ नाका यही स्थानमा किन बन्यो ?