काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशन प्रक्रिया ६३ जिल्लामा सम्पन्न भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिका अनुसार असोज ५ गतेसम्म ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको हो। केही जिल्लामा भने अधिवेशन अन्तिम चरणमा पुगेको छ।
धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वडा, नवलपरासी क्षेत्र नम्बर २, डडेल्धुराका चार वडा, रुपन्देहीका तीन वडा, महोत्तरीका आठ वडा, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडामा अधिवेशन अन्तिम चरणमा रहेको कांग्रेसले जनाएको छ।
त्यस्तै, धादिङ, नुवाकोटसहित असोज ५ गते सम्पन्न हुन बाँकी रहेका वडाको अधिवेशन असोज ६ गते पनि जारी रहनेछ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ।
सम्बन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
जेनजी शहीद दिवसः सरकार औपचारिकतामै, असन्तुष्टि सडकमै
शहीदको सालिकको स्वरूपमा आफन्तको आपत्ति, अनावरण नगरी फर्किए गृहमन्त्री गुरुङ
‘विशेष महाधिवेशन गगनले खल्तीबाट बोलाएर हुन्छ ?’
प्रधानमन्त्रीको न्युयोर्क भ्रमण, जलवायु न्याय र विपद्को क्षतिपूर्ति प्रमुख प्राथमिकतामा
देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री
अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज






