काठमाडौं । कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अलग्गै महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार देउवाको निवास महाराजगञ्जमा बसेको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै १४औं केन्द्रीय समितिका सदस्यलाई वर्तमान कार्यसमितिमा सहभागी गराउने निर्णय गरेको थियो । तर त्यो निर्णयलाई देउवा समूहले अस्वीकार गर्दै आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।
देउवा समूहका नेता प्रकाशशरण महतले वडा महाधिवेशनको चार दिनअघि यस्तो आह्वान गर्नुको कुनै तुक नभएको बताए । महतले यसअघि आफ्नो समूहले प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको बताए ।
महतले संस्थापन पक्षको निर्णयका ’boutमा अनौपचारिक छलफल भएको र आजै ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा तय गर्ने जानकारी दिए । देउवा समूहको यो निर्णयसँगै अब कांग्रेस दुई भागमा चिरा पर्ने भएको छ ।
सम्बन्धित समाचार
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्बोधनको पूर्णपाठ
देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव
पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी- ‘अझै समय छ सुध्रिनुस्’
कांग्रेस विधान मस्यौदा समितिमा सदस्य मनोनयन
रविकोको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन
अहिले नेपाल नेपालीको हातमा छैनः प्रचण्ड
एमालेमा अन्तरकलहः आन्तरिक समीक्षामा दुईधार, ओली जोगाउन ‘मझधार’
देउवा नेतृत्वको पूर्वसमितिमा रहेकालाई केन्द्रीय समितिमा समेट्ने काँग्रेसको निर्णय






