रुकुम घटना’bout गृहको प्रतिवेदन सार्वजनिक : योजना बनाएरै सांघातिक आक्रमण

काठमाडौं । पश्चिम रुकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजनाअनुसार नै भएको गृह मन्त्रालयको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित पाँच सदस्सीय छानबिन समितिले चौरजहारी घटना पूर्वयोजनाअनुसार नै भएको निष्कर्ष निकालेको हो । समितिको निष्कर्षसहितको विस्तृत प्रतिवेदन सोमबार गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकरीद्वारा जारी प्रतिवेदनमा चौरजहारी पुगेका केटा पक्षको समूहलाई घेरा हाली कुटपिट गरेर हत्या गरिएको र सो क्रममा केटा पक्षका केही व्यक्ति घाइते भएको भनिएको छ ।
यसैगरी, गृहको प्रतिवेदनमा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको प्रत्यक्ष संलग्नता भेटिएको भनिएको छ ।
वडाध्यक्ष मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरूलाई नियन्त्रणमा लिन स्थानीयलाई आफैं फोन गरेको तथा उनले नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार १० जेठमा नवराज १९ जनाको समूह लिएर युवतीको घर भएको ठाउँ चौरजहारी पुगेका थिए । युवतीका बुबाले यस’bout मल्ललाई भनेपछि घटनाले आपराधिक रूपमा लिएको प्रतिवेदनमा उल्लेख छ ।
‘वडाअध्यक्ष मल्लले लकडाउनको समयमा जाजरकोटबाट केटाहरू छिरे भन्दै नियन्त्रणमा लिने योजना बनाएको पाइएको छ । त्यसपछि ९८४८९६९७३३ नम्बरको मोबाइलबाट उनले मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
यसैगरी वडाअध्यक्ष मल्लले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा फोन गरी घटना’bout विवाद हुन लाग्यो भन्दै सामान्य जानकारी दिएको तर स्थान भने उल्टो बताइदिएका कारण प्रहरी समयमा घटनास्थल पुग्न नसकेको प्रतिवेदनमा भनिएको छ ।
यस्तै, वडा अध्यक्ष मल्लले गोइरी औलका व्यक्तिहरूलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्कोतर्फ पठाई गाउँका मानिसहरूलाई भेला जम्मा गरी झन्डै ४ किमि टाढा गइसकेका पीडितहरूलाई पिछा गर्दै लखेट्दै ढुंगा, मुढा प्रहार गरी नवराज विकसहित ६ जना व्यक्तिहरूको ज्यानै लिनेसम्मको परिस्थिति सिर्जना गरी आफूसमेत उक्त कार्यमा संलग्न भएको देखिएको प्रतिवेदनमा भनिएको छ ।
यसैगरी, घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका प्रतिवादी इन्द्रबहादुर मल्लले घटनाको सूचना पाएर पनि सम्बन्धित निकाय समेतलाई कुनै जानकारी नगराई उक्त घटनालाई लुकाइछिपाइ मतियारको कार्य गरेको प्रतिवेदनमा उल्लेख छ ।
वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐनअनुसार कारबाहीका लागि मुद्दा दर्ता भइसकेको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवादीमध्ये डम्बरबहादुर मल्ल सार्वजनिक पद धारण गरेको जननिर्वाचित व्यक्ति भएकाले थप सजायसमेत माग गरिएको छ ।
‘गोइरी औलका व्यक्तिहरूलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्कोतर्फ पठाई गाउँका मानिसहरूलाई भेला जम्मा गरी झन्डै ४ किमि टाढा गईसकेका पीडितहरूलाई पिछा गर्दै लखेट्दै ढुंगा, मुढा प्रहार गरी नवराज विकसमेतका ६ जना व्यक्तिहरूको ज्यानै लिनेसम्मको परिस्थिति सिर्जना गरी आफू समेत उक्त कार्यमा संलग्न भएको देखिँदा निज प्रतिवादी डम्बरबहादुर मल्ललाई जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ को उपदफा २(१) बमोजिम थप सजाय हुने,’ प्रतिवेदनमा भनिएको छ ।
यसैगरी, प्रतिवादीहरू डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम ५४(३६)१, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४ (३६)३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर भन्ने इदबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, परिवर्तिन नाम ५४ रुकुम पश्चिम ३९, विष्णु मल्ल, तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, डिल्ली घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, विराज पुन मगर, सर्वजित भन्ने सविन पुन, रमित पुन मगर, नवीन कुमार जिएम, धनाराज राना, दीपेन्द्र चन्द र भीमबहादुर पुन समेतको मिलेमतो तथा योजना बनाई प्रतिवादीहरूले ज्यानै मार्ने मनसायले सांघातिक आक्रमण गरी ढुंगा, मुढा, हँसिया, लाठ्ठी समेतले प्रहार गरी लालबहादुर खड्का, भोला बिटालु (बिसी), विभाग पुन, सरोज भँडेल, मद शाही, इन्द्रजंग शाह, गोविन्द सुनार, आशिष विक, सुदीप खड्का, डिल्ली विक, महेश कार्की र सुनिल सुनार समेतलाई घाइते बनाएको देखिँदा उल्लिखित प्रतिवादीहरूले ज्यान मार्ने उद्योगसमेत गरेको देखिँदा मुलुकी अपराध संहिता ऐन, २०७४ को भाग– २ परिच्छेद १२ को दफा १८३ को (१) बमोजिम अपराध गरेकोले सोही दफा को उपदफा (२) बमोजिम सजाय माग गरिएको छ ।
प्रतिवादी परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९ नाबालक प्रतिवादी भएकाले कानुनले तोकिएको उमेर हद पूरा भएपछि सावालकबमोजिम सजाय हुने गरी हाललाई बालबालिका ऐन, २०७५ को दफा ३६ को उपदफा (४) बमोजिम सजाय मग गरिएको छ ।
यस्तै, फरार रहेका प्रतिवादीहरू तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, भीमबहादुर बुढा, डिल्ली घर्ती र सौरभ पुनको हकमा सम्मानित अदालतबाट पक्राउ पुर्जीसहितको म्याद जारी गर्न माग गरिएको छ ।
गृह मन्त्रालयले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानुनी कारबाही गर्न संवेदनशील रहेको जनाएको छ । यस्तै, पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानुनी प्रक्रिया प्रारम्भ भइसकेको समेत भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीमा मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ