पोखरा । अविरल वर्षासँगै कालीगण्डकी नदीले पर्वत जलजला गाउँपालिका–८ स्थित फर्सेमा २५ घर बगेका छन् । आइतबार बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेको प्रहरीले जनाएको छ ।
सो बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेका छन् । मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । सो स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ ।
कालीगण्डकीमा बहाव बढ्दा विभिन्न ठाउँमा क्षति पुगेको छ । कालीगण्डकीको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७, मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पक्की पुल पनि बगाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)
सम्बन्धित समाचार
बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना
नरमायाको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु
‘शताब्दी घर’मा लाखेको बिदाइ !
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’मा जुटे ४२१ पालिका
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच






